• २०८३ जेठ २५
  • 2026 June 08, Monday

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने

काठमाडौँ । मातृभूमि जागरण अभियान, नेपाल चलाइरहेका नेता डा. भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुने भएका छन् ।

मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिष्ट पार्टीबीचको समायोजन बुधबार हुने भएको छ ।

बुधबार राष्ट्रिय सभामा कार्यक्रम गरेर मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिष्ट पार्टीबीच समायोजन हुने जानकारी दिइएको छ ।

कार्यक्रमलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल, मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सम्बोधन गर्ने बताइएको छ ।

नेपाली कम्युनिष्ट पार्टीमा रावललाई नारायणकाजी श्रेष्ठ, बामदेव गौतम सरहकै वरियता दिने गरि सहमति भएको बताइएको छ ।