• २०८३ जेठ २५
  • 2026 June 08, Monday

यी हुन् कुलमान घिसिङको पार्टीका प्रस्तावित केन्द्रीय सदस्यहरू

काठमाडौँ ।  कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ले आफ्नो विधान र केन्द्रीय समितिका सदस्यहरूको अद्यावधिक विवरण निर्वाचन आयोगमा बुझाएको छ । केन्द्रीय सदस्य जितराम लामाका अनुसार मंगलबार साँझ पार्टीको अद्यावधिक विवरण आयोगमा पेस गरिएको हो ।

यसअघि साउन २७ मा दर्ताका लागि निवेदन दिइए पनि आवश्यक कागजात अपुग हुँदा दर्ता प्रक्रिया रोकिएको थियो। पछिल्लो पटक ती विवरण परिमार्जन गर्दै आयोगमा पुनः बुझाइएको हो ।

लामाका अनुसार पार्टीको अध्यक्षमा पूर्व सचिव अनुपकुमार उपाध्यायलाई प्रस्ताव गरिएको छ भने बाँकी सबै सदस्यको रूपमा रहनेछन् । ५१ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ।

सदस्यहरूमा डा. तारा प्रसाद जोशी, प्रा. डा. महेन्द्र सुन्दर लावती, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, डा. अभिषेक राज सिंह, डा. शङ्कर ढकाल, ई. तेजनारायण यादव, कलाकार रिमा विश्वकर्मा, टासी ल्हामोल्म, डा. राजु थापा, डा. विशाल भण्डारी, श्री गुरुङ, नीलिमा बस्नेत, दीपेन्द्र जमरकट्टेल, सीता देवी पाण्डेय, ज्ञानेन्द्र कुमार तामाङ, डकेन्द्र सिंह थेगिम, डा. आशुतोष विजय पन्त, डाबर लावती, हिरा प्रसाद सोती (किरण विक), सोम प्रसाद चौधरी, विजय कँडेल, अरविन्द साह, धनबहादुर भिक्क्षन, कुशल गुरुङ, निर्देश सिलवाल, लाक्पा फुटी शेर्पा, सुवास प्रधान, जितराम लामा, सरस्वता सुब्बा (सरु), विद्या श्रेष्ठ महर्जन, रामेश्वर श्रेष्ठ, मनोज नुगर, तुलसा वाइबा लगायत रहेका छन्।

पार्टीको नाम पहिले नै निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेकाले यस पटक त्यसमै विधान र केन्द्रीय समिति थप गरिएको लामा बताउँछन्। उनका अनुसार, ‘पूर्व सचिव उपाध्यायकै नाममा पहिलेको निवेदनमा रहेका अपुग विवरणहरू अहिले पूरा गरेका हौँ।’

यसअघि सहकार्यमा रहेको सुदन समूहका जेनजीका केही प्रदेश संयोजकहरूले यसपटक केन्द्रीय समितिमा नआउने र पछिल्लो चरणमा सहकार्य गर्ने बताएका कारण सोमबारसम्मको सहमतिमा केही हेरफेर गरिएको पार्टीले जनाएको छ।

कुलमान घिसिङ स्वयं भने औपचारिक रूपमा पार्टीमा आबद्ध भएका छैनन्।