• २०८३ जेठ २५
  • 2026 June 08, Monday

दुर्गा प्रसाईँले पनि खोले दल, नेतृत्वमा माधव खतिवडा

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने गरी नागरिक बचाउ दल नेपाल दर्ता भएको छ।

आइतबार निर्वाचन आयोगमा सभापति माधव खतिवडाको नेतृत्वमा दल दर्ता भएको हो। पार्टीमा अहिले २९ जना केन्द्रीय सदस्य छन्।

यो पार्टीको चुनाव चिह्न दुई पाइला रहेको छ।