काठमाडौँ । कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनायो ।
कर्णालीका लागि पन्चलले ९० रनको अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ७ चौका ६ छक्का प्रहार गरे । त्यस्तै, पवन शरार्फले २७ रन बनाउँदा म्याक्स ओ’डउडले २० रनको योगदान गरे ।
कर्णालीका लागि मार्क उडले १६ रन जोडे । चितवनका शैब जेब, रवि बोपरा र सोहिल तनविरले एक–एक विकेट लिए ।