काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोज ४ विकेटले विजयी भएको छ ।
चितवनले १ सय ६७ रनको लक्ष्य ५ बल बाँकी हुँदा पूरा गरेको हो । चितवनको जितमा रवि बोपराले अर्धशतक प्रहार गरे।
दीपक बोहराले ४२, सैफ जैब ३८ र कुशल मल्लले २० रनको योगदान दिए ।
बलिङमा कर्णालीका सोमपाल कामीले २, युनिस सिंह ठकुरी, मार्क वाट र युवराज खत्रीले एकएक विकेट लिए ।
त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६६ रन बनाएको थियो ।
कर्णालीका ओपनर प्रियांक पन्चालले सर्वाधिक ९० रन बनाएका थिए ।