बारा । बाराको सिमरामा बुधबारदेखि सुरु भएको तनावले आज बिहीबार पनि पाएको छ।
नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवाद चर्किएपछि सिमरा क्षेत्र लगातार दुई दिनदेखि अशान्त बनिरहेको हो।
बुधबार स्थिति नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश लागू गर्नुपरेको थियो। साँझतिर अवस्था केही शान्त भए पनि आज बिहान पुनः प्रदर्शन सुरु भएको छ।
बिहीबार बिहान १० बजेदेखि जेनजी युवाले सिमरा चोकमा टायर जलाउँदै विरोध प्रदर्शन गरिरहेका छन्। आफूहरूलाई एमाले कार्यकर्ताले कुटपिट गरेको आरोप लगाउँदै उनीहरूले दोषीको तत्काल पक्राउको माग गरेका छन्।