काठमाडौं । जेनजीका २३ विभिन्न समूहहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउनुपर्ने मागसहित राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका छन्।
प्रधानमन्त्री कार्कीसँग गरिएका अपेक्षाहरू पूरा नभएको भन्दै उनीहरूलाई उनलाई फिर्ता गर्न माग गरेका हुन्।
ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष ज निर्वाचित प्रधानमन्त्रीको लागि संविधान संशोधन, विद्रोहमा भएको नरसंहारमा संलग्नमाथि कारबाही, जेनजी विद्रोहका घाइतेहरूको उपचार र जेनजी विद्रोहका शहीद परिवारलाई उचित क्षतिपूर्ति र भरणपोषणको अपेक्षा गरिए पनि त्यो पूरा नभएको गुनासो उनीहरूले गरेका छन्।
ज्ञापन बुझाउने समूहमा जेनजी नेशनल फ्रन्ट लाइनर, जेनजी स्पार्क, एन–टेक जेजी, ऋणी एसोसिएसन नेपाल, जेनजी वाई युनाइटेड, जेनजी सभा, जेनजी पार्लियामेन्ट, जीबीवी ग्रुप छन् ।
त्यसैगरी जीयूपीसी ग्रुप, जेवाइएन ग्रुप, जेन-जी युनाइटेड, जेन-जी २.०, रियल जेन-जी, जेन-जी वाई ग्रुप, जेनजी एलायन्स, नेपाल जेन-जी रिभ्योल्युसन, इक्वीटी नेपाल, समता जेन-जी, अल नेशन जेन-जी, स्वतन्त्र जेन-जी नेपाल, डिजिटल टास्क फोर्स जेन-जी ग्रुप, जेन-जी एकता मञ्च र जेन-जी मुभमेन्ट नेपाल लगायत समूह छन्।