काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबारको खेलमा लुम्बिनी लायन्सले १ सय ४३ रनको लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ७ ओभरमा १४२ रन बनायो।
चितवनका लागि रवि बोपाराले अर्धशतक प्रहार गरे। बोपाराले सर्वाधिक ६५ रन बनाए । उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
कप्तान कुशल मल्ल २१, सैफ जैब १५, दीपक बोहरा १०, डविड मलान ०, देव खनाल १४ र सोहिल तन्विर ५ रनमा आउट भए । अर्जुन साउद ८ रनमा अविजित रहे ।
बलिङमा लुम्बिनीका रुवेन ट्रम्पेल्मेनले सर्वाधिक ३ विकेट लिए । अभिषेश गौतम र गुलबदिन नैबले दुई–दुई विकेट लिए ।