काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी(जसपा)बिच एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिस डाँडामा भएको वार्तापछि नेता प्रकाश ज्वालाले सञ्चारकर्मीहरूसँगको कुराकानीमा सहमति पत्रको ड्राफ्ट तयार गरेर छलफल समेत भइसकेको भन्दै भोली (शुक्रबार) त्यसलाई अन्तिम रूप दिने जानकारी दिए ।
उनले भने,‘सहमति पत्रको ड्राफ्ट तयार गर्यौँ । त्यसमा छलफल पनि गर्यौँ र त्यसको अन्तिम रूप भोली दिनेछौँ । सहमति पत्रमा समेत छलफल गरेर अन्तिम रूप दिनेसम्म पुग्नु भनेको लगभग एकताको प्रक्रिया निष्कर्षतिर पुग्ने स्थिति बनेको छ ।’
उनले छलफलमा आएको सुझावको आधारमा भोली निर्णय हुने बताए ।