काठमाडौं । आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका चर्चित गायक तथा संगितकार बाबुल गिरी धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बुधबार उनी छुटेका हुन् ।
कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा गायिका पौडेलले आफ्नै शरीरमा पेट्रोल छर्किएकी थिइन् । घटनापछि उपचारका निम्ति बर्न अस्पताल, कीर्तिपुरमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको कात्तिक ७ गते निधन भएको थियो ।
पौडेलेको परिवारले उनीहरू दुई जना प्रेम सम्बन्धमा रहेका र बाबुलले विवाह गर्न नमानेपछि आत्महत्या गरेको बताएका थिए । पौडेलको निधनपछि गायक गिरी आफैं जिल्ला प्रहरी परिसरमा उपस्थित भएका थिए ।