काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा कमजोर ब्याटिङ गरेको काठमाडौं गुर्खाजले विराटनगर किङ्ग्सलाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन जोडेको हो ।
मोहम्मद आदिल आलमले काठमाडौंबाट सर्वाधिक ४८ रन बनाए । उनले २५ बलमा चार चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै, बेन चार्ल्सवर्थले ३२, सन्तोष यादवले २६ र गेहार्ड इरसमसले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
विराटनगरका लागि मर्चेन्ट डि लाङगेले दुई, शुभम रञ्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले एक–एक विकेट लिए।