• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

महेश बस्नेतमाथि आक्रमण प्रयासपछि रामकुमारी झाँक्रीको आक्रोश !

काठमाडौं । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले महेश बस्नेतमाथि रङ प्रहार भएकोमा दुःख व्यक्त गरेकी छिन् । आक्रमणकारी माथि कडा कारबाही गर्न पनि उनले सरकारसँग माग गरेकी छिन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छिन्– महाभारतमा पाण्डवले युद्ध जिते, कौरवहरूले हारे, कारण: पाण्डवहरूको अभूतपूर्व एकता हो । आज विराटनगरमा क. महेश बस्नेतमाथि आक्रमण प्रयास भएछ । यो खबर सुनेर अत्यन्तै दुःख लाग्यो ।

आपराधिक मानसिकताका भएका एकाध व्यक्तिले जहिले पनि आक्रमण गर्न सक्ने भन्दै उनले सचेत भएर एउटै मिसनमा लाग्न उनले आग्रह गरेकी छिन् ।

उनले भनेकी छन्– यस्ता अपराधिक मानसिकताका एकाध व्यक्तिले जहिले पनि यस्तो कार्य गर्ने प्रयास गर्छन् । हामी सचेत बन्नुपर्छ, पार्टीपंक्ति एउटै मिसनमा लागौं ।