काठमाडौँ । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रक्षा सचिव रहेका अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।
तथ्यांक सेवाबाट निजामतीमा प्रवेश गरेका अर्याल २०७७ माघ १९ मा सचिवमा बढुवा भएका थिए भने बरियताका आधारमा मुख्य सचिवका प्रमुख दाबेदार थिए । अर्यालसँग योजना आयोग, प्रदेश सचिव, महिला मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश मुख्यमन्त्रीको कार्यालय, तथ्याङ्क कार्यालय, विभाग लगायतका निकायको कार्य अनुभव रहेको छ ।
उमेर हदका कारण मुख्यसचिव एकनारायण अर्याल बुधबार सेवा निवृत्त हुँदै छन् ।
नवनियुक्त मुख्यसचिव अर्यालको कार्यकाल २०८३ असार २६ गतेसम्म रहने छ ।