• २०८३ असार १३
  • 2026 June 27, Saturday

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सलाई सुदूरपश्चिम रोयल्सले १४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हो।

कर्णालीका कप्तान सोम्पाल कामीले पहिलो ओभरको पहिलो बलमै सुदूरपश्चिमका आपनर जोश ब्राउनलाई डक आउट गराएका थिए।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २८ बलमा एक चौका र २ छक्कासहित ३९ रन जोडे । उनी २८ बलमा एक चौका र दुई छक्का प्रहार गर्दा मार्क वाटको बलमा नजिबुल्लाह जड्रानको हातबाट क्याच आउट भए।

त्यस्तै, २५ बलमा तीन चौका सहयोगमा २७ रन बनाएका आरिफ शेख नन्दन यादवको बलमा बोल्ड आउट भए। हरमित सिंहले १९ र क्रिस लिनले १८ रन थपे। स्कट कुग्लेजिन १० रनमा बोल्ड आउट भए। विनोद भण्डारी ११ रन बनाउँदा एलबीडब्लुको धरापमा परे।

कर्णालीका लागि सोमपाल कामीले तीन विकेट लिए। त्यस्तै, नन्दन यादवले दुई, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए।

दुई खेल खेलेका सुदूरपश्चिम चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ। कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेर तेस्रो स्थानमा छ।