• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रतिनिधि सभाको निर्वाचनका लागि एमालले गरायो दल दर्ता

काठमाडौँ । नेकपा एमालेले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि दल दर्ता गरेको छ । मंगलबार एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले निर्वाचन आयोग पुगेर प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका हुन् ।

संसद पुनर्स्थापनका लागि सर्वोच्चमा पुगेको केही समयमै एमालेले आयोग समेत पुगेको हो ।

आयोगले प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउने समयसीमा यही मंसिर १० गतेसम्मलाई तोकेको छ ।