• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एनपीएलः विराटनगरविरुद्ध चितवन ब्याटिङमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको खेलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोज पहिला ब्याटिङमा उत्रिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुने खेलमा विराटनगरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।

आजको खेलमा विराटनगर लगातर चौथो जित निकाल्ने लक्ष्यमा छ । यो टिमले तीन खेल खेलेकोमा तीनै खेल जितेको छ ।

चितवन भने दोस्रो जितको खोजीमा मैदानमा उत्रँदै छ ।