• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरको लुम्बिनी १९ ओभर ४ बलमा १४३ रनमा अलआउट भयो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए ।

यस्तै, डार्सी सर्ट १८, सुमित महर्जन १८, दीलिप नाथ ३१, गुल्वदिन नाइव ११, सन्दीप जोरा ७, शेर मल्ल ४, थोमस ड्राका ६ र अभिषेश गौतम ६ रनमा आउट भए ।

तिलक भण्डारी र रुवेन ट्रम्पेल्मेनले रन जोड्न सकेनन् ।

बलिङमा सुदूरपश्चिमका अभिनास बोहराले ३, हेमन्त धामीले २ स्कट कुगेलेइजनले १ र हर्मित सिंहले ३ विकेट लिए ।