• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बीपीएल अक्सनमा सन्दीपसहित ५ नेपाली खेलाडी सूचीकृत

काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको आगामी सिजनका लागि हुने खेलाडी अक्सनमा नेपालका पाँच खेलाडीहरू सूचीकृत भएका छन् ।

सन्दीप लामिछाने क्याटेगोरी बीमा बीपीएलको ड्राफ्टमा सूचीकृत भएका छन् भने दीपेन्द्र सिंह ऐरी क्याटेगोरी डी मा परेका छन् । यस्तै, आसिफ शेख, गुलशन झा र सोमपाल कामी क्याटेगोरी ई मा समावेश छन् ।

नेपाली टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेले यसअघि पनि विश्वभरका विभिन्न फ्रेन्चाइज लिगहरू खेलिसकेका छन् । उनी बीपीएलमा अनुबन्ध हुने बलिया दाबेदार हुन् । यी पाँच खेलाडीलाई अक्सनबाट कुनै टिमले अनुबन्ध गरेमा आगामी सिजनको बीपीएलमा खेल्ने मौका पाउनेछन् ।