काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा प्रियांक पञ्चाल र विलियम बोसिस्टो ९६ रनको बलियो साझेदारीले कर्णालीले विराटनगर किङ्सलाई १६१ रनको लक्ष्य दिएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनाएको हो ।
कर्णालीका लागि ओपनर प्रियांक पन्चालले सर्वाधिक ६३ रन बनाए । मार्क वाट ६ र गुल्सन झा २० रनमा आउट भए ।
विलियम वोसिष्टो ४८ र नजिबुल्लाह १२ रनमा अविजित रहे ।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेन्ट डि लिङले एक–एक विकेट लिए ।