काठमाडौं । वसिर अहमदले उत्कृष्ट ब्याटिङमा एनपीएलको दोस्रो सिजनकोको आजको खेलमा विराटनगर किंग्सले कर्णाली याक्सविरुद्ध तीन विकेटको जित हासिँल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाउँदै जित दर्ता गरेको हो ।
आजको जितमा नायक बनेका वसिरले नटआउट सर्वाधिक ६२ रन बनाए । त्यसका लागि उनले ४३ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे ।
त्यसअघिको पहिलो इनिङ्गसमा प्रियांक पञ्चाल र विलियम बोसिस्टो ९६ रनको बलियो साझेदारीले कर्णालीले विराटनगर किङ्सलाई १६१ रनको लक्ष्य दिएको थियो ।
टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनाएको हो ।