काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा पोखरा एभेञ्जर्सले लुम्बिनी लायन्सलाई १ सय ५१ रनको लक्ष्य दिएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५० रन बनाएको छ ।
पोखराका लागि ओपनर एडम वासिङटन र जिम्मी निशमले उत्कृष्ट ब्याटिङ गरे । एडमले ६३ बलमा ८१ रन बनाए ।
३३ रनमा ४ विकेट गुमाएको पोखराको ब्याटिङलाई एडम र जिम्मी निशमले उकासेका थिए । जिम्मीले अर्धशतक प्रहार गरे । उनी ३२ बलमा ५१ रनमा अविजित रहे ।
दिनेश खरेल ७, कप्तान कुशल भुर्तेल ०, सुमित वर्मा ०, तिर्थ दास १ रनमा आउट भए । किरणकुमार ठगुन्ना एक रनमा अविजित रहे ।
बलिङ लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए । गुल्ददिन नाइवले एक विकेट लिए ।