• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।

आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५ सय ३५ रुपैयाँमाकारोवार भैइरहेको छ ।