• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

जनकपुरको पहिलो जित, चितवन ६ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले ६ विकेटको जित हात पारेको हो ।

जनकपुरलाई जित दिलाउने क्रममा माज शदागद र अनिल साहले अर्ध शतक प्रहार गरे । ३० बल खेलेका शदागदले ६ चौका र ४ छक्काको मद्दतमा ६१ रन बनाउँदा साहले ३६ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा ६१ रन बनाए ।

त्यसअघि जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । जसमा चितवनले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १७७ रनको लक्ष्य दिएको हो ।

आजको जितसँगै जनकपुरले ५ खेलबाट २ अंक जोड्दै खाता खोलेको छ भने प्लेअफमा पुग्ने सम्भावना जिवितै राखेको छ । चितवनको भने पाँच खेलमा यो तेस्रो हार हो । ५ खेलबाट ४ अंकसहित चितवन चौथो स्थानमा छ ।