• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रसिङट्नको शतकको मद्दतमा पोखराले दियो कर्णालीलाई २०२ रनको लक्ष्य

काठमाडौँँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ । मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङमा उत्रिएको पोखराले केवल २ विकेटको क्षतिमा २०१ रन बनाएको हो ।

पोखराका लागि अपनेङि ब्याट्सम्यान एडम रसिङट्नले शतकीय पारी खेले । नटआउट उनले ५८ बलमा आफ्नो टि-२० करियरकै पहिलो शतक प्रहार गरे । यस्तै, जेसन रोयले ४६ रन, धनन्जय लक्षणले नटआउट २३ रन जोड्दा कुशल भुर्तेलले १८ रन बनाए ।

कर्णालीका लागि नन्दन यादव र मार्क वाटले समान १/१ विकेट लिए।

प्लेअफमा पुग्नका लागि दुवै टोली आजको खेल जित्नै पर्ने दबाबमा छन् ।