• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पोखरासँग ३४ रनले हारेसँगै लिग चरणबाट बाहिरियो कर्णाली

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को आजको खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको २०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली १९ ओभरमा १६७ रनमै अलआउट भएको हो । कर्णाली लागि मार्क वाटले ३४ बलमा ५९ रन जोडे पनि प्रियांक पाञ्चाल १६ रन, जयकिसन कोल्सावाला ६ रन, पवन सर्राफ १९ रन, नाजिबुल्लाह जाद्रान २४ रन र गुल्सन झा ९ रनमै समेटिए ।

त्यसअघि पहिले ब्याटिङमा उत्रिएको पोखराले केवल २ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । पोखराका लागि अपनेङि ब्याट्सम्यान एडम रसिङट्नले शतकीय पारी खेले । नटआउट उनले ५८ बलमा आफ्नो टि-२० करियरकै पहिलो शतक प्रहार गरे । यस्तै, जेसन रोयले ४६ रन, धनन्जय लक्षणले नटआउट २३ रन जोड्दा कुशल भुर्तेलले १८ रन बनाए ।

आजको हारसँगै कर्णाली याक्स लिग चरणबाट बाहिरिएको छ । ६ खेल खेलेको कर्णालीले ५ खेलमा पराजित हुँदै लिग चरणको एक खेल खेल्नु अघि नै बाहिरिएको हो ।

पोखराको भने यो दोस्रो जित हो । पाँच खेलेको पोखराको तालिकामा ४ अंक पुगेको छ । योसँगै पोखराको प्लेअफमा पुग्ने सम्भावना कायमै छ।