काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा लुम्बिनी लायन्सलाई विराटनगर किंग्सले १४५ रनको लक्ष्य दिएको छ । बुधबार टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १४४ रन जोडेको हो ।
विराटनगरका लागि लोकेश बमले ३५ रन, बसिर अहमदले २८ रन र साम हिजलेटले २७ रन बनाए । आज डेब्यु गरेका फाफ डु प्लेसी १२ रन योगदान गरे ।
बलिङतर्फ लुम्बिनीका शेर मल्लले ३ विकेट लिए । यस्तै, जेजे स्मिथ, अभिशेष गौतम र रुबेन ट्रम्पलम्यानले समान १/१ विकेट लिए ।
५ खेल खेलेको विराटनगर ४ जितसहित तेस्रो स्थानमा छ । लुम्बिनी ५ खेलबाट २ खेल जित्दै छैटौं स्थानमा छ ।