काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १६९ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि क्रिस लिनले ७५ रन जोडे र रिटायर्ड हट लिए । यस्तै, विनोद भण्डारीले २१ रन, पुनित मेहराले १३ र कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट २४ रन र आरिफ शेखले नटआउट १६ रनको योगदान गरे ।
बलिङतर्फ चितवनका सैफ जैइवले २, रञ्जित कुमार र जर्ज स्क्रिम्शले समान १/१ विकेट लिए ।
सुदुरपश्चिम प्लेअफमा पुगिसकेको छ भने प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न चितवन भने आजको खेल जित्नैपर्ने अवस्थामा छ ।