काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफको समीकरण पूरा भएको छ ।
जस अनुसार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले पहिलो क्वालिफायर खेल्ने छन् भने काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटर खेल्ने छन् ।
साम हेज्लेट र फाफ डु प्लेसिसको अर्धशतकमा विराटनगर किङ्ग्सले एनपिएलको दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सलाई पहिलो हार चखाइसकेको छ ।
शनिबार त्रिवि क्रिकेट मैदानमा विराटनगर ६ विकेटले विजयी भएको हो ।
सुदूरपश्चिम १२ अंकसहित यसअघि नै क्वालिफायर १ मा पुगिसकेको थियो । विराटनगर र काठमान्डु गोर्खाजको समान १० अंक भए पनि सुदूरपश्चिममाथि सानदार विजय हात पारेपछि विराटनगरले काठमान्डुलाई नेट रन रेटमा उछिनेको हो ।
पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्ने छन् भने पराजित भएको टिम दोस्रो क्वालिफायर खेल्न पाउने छ । त्यस्तै, इलिमिनेटरको विजेता दोस्रो क्वालिफायर खेल्ने छ भने पराजित भएको टिम बाहिरिने छ।
अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स आगामी मंगलबार खेल्ने छन् । त्यस्तै बुधबार इलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्नेछन् ।
त्यसैगरी, दोस्रो क्वालिफायर खेल विहिबार हुने छ भने दोस्रो सिजनको फाइनल खेल शनिबार हुने छ ।