• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्यरुपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।

शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आइतबार घटेर २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।