• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एनपिएल : कर्णाली जनकपुरविरुद्ध पहिला ब्याटिङमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो ।

छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् भने आज प्रतिष्ठाका लागि मात्र खेल्दैछन् ।