काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रनमा समेटिएको हो ।
जनकपुरका लागि सञ्जय कृष्णमुर्तीले सर्वाधिक ५१ रन बनाए । यस्तै, संगित कोरेले २५ र माज शदागदले १२ रन जोडे ।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो । कर्णालीका लागि इमरान शेखले सर्वाधिक ३३ रनको योगदान गरे । त्यस्तै, गुलशन झाले १९ रनको योगदान गर्दा प्रियांक पञ्चलले १६ रन विलियम बसिस्टोले १५ रनको योगदान गरे । जनकपुरका लागि ललितनारायण राजवंशी र आदित्य मेहताले दुई–दुई विकेट लिए । त्यस्तै, संगित कोरे, अनिल शाह र माज शदागदले एक एक विकेट लिए । बलिङमा कर्णालीका विलियम बोसिष्टोले सर्वाधिक २ विकेट लिए ।
योसँगै साबिक विजेता जनकपुरले यस सिजनमा अङ्क तालिकाको पुछारमा रहँदै दोस्रो संस्करण टुङ्ग्याएको छ । जनकपुरले एक खेल मात्रै जित्न सक्यो । कर्णालीले भने २ जित र ५ हार ब्योर्होर्दै छैटौँ स्थानमा एनपीएलको दोस्रो संस्करण टुङ्ग्याएको छ ।