कपिलवस्तु । करेन्ट नूडल्स अब ग्रीन इनर्जीबाट बनाइने भएको छ । करेन्ट नुडल्सको निर्माता यशोदा फुड्सले सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन गर्न कपिलवस्तको चन्द्रौटाुस्थित कारखानामा ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सोलार परियोजना जडान गरेको हो ।
योसँगै यशोदा फुड्स नेपालमा पहिलो पटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन गर्ने कम्पनी बन्दै “नेपालकै पहिलो ग्रिन नुडल्स म्यानुफ्याक्चरिंग फेसिलिटी” कोे उपमा पाएको छ । साथै, कपिलवस्तु औद्योगिक करिडोरमा पनि छानामाथि सौर्य नविकरणीय ऊर्जा प्रयोग गर्ने पहिलो उद्योग बनेको छ । यस सौर्य प्लान्टमाफर्त औद्योगिक आवश्यकताको करिब ८०% बिजुली माग पूरा हुने, विद्युत खर्च ६५% ले घट्ने तथा प्रयोग बिहिन रहेको छाना सदुपयोग समेत हुनाका साथै कार्बन उत्सर्जनमा उल्लेखनीय कमी आउने कम्पाीको अपेक्षा छ ।
प्राइम रिन्यूएवल्स प्रालिले उक्त परियोजना तयार पारेको कम्प्नीले जनाएको छ । त्यसैगरी, जर्मन ग्रान्ट डीकेटीआई परियोजना अन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी) ले व्याज अनुदानसहितको वित्तीय सहयोग प्रदान गरेको हो ।
“हामी समग्र यशोदा फुड्स परिवार, नुडल्स तथा स्न्याक्स क्षेत्रमा नेपालकै पहिलो सौर्य प्रणाली चन्द्रौटा प्लान्टमा जडान गर्न पाउँदा अत्यन्त गर्वित छौँ । यसले कार्बन उत्सर्जन घटाउनुका साथै करेन्ट नुडल्सलाई संचालनमा दिगोपनाको दिशातर्फ लैजान ठूलो मद्दत गर्नेछ”, कम्पनीका ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जी.पी. साहले भने, “८५६ केडब्ल्यू क्षमताको यस प्लान्टबाट हरेक वर्ष १० लाख युनिटभन्दा बढी बिजुली उत्पादन हुनेछ । जसले २,००० टन सीओटू उत्सर्जन बचत गर्नेछ । यसले उत्पादन लागत घटाउने भएकाले हामी अझ प्रतिस्पर्धी बन्नेछौँ र हाम्रा ग्राहक तथा स्टेकहोल्डरहरूलाई थप भ्याल्यू प्रदान गर्न सक्षम हुनेमा हामी विश्वस्त छौँ ।”
यस्ता परियोजनाहरूले नेपाली उद्योगलाई डिकार्बोनाइजेशनतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने र अन्य उद्योगहरूलाई पनि स्वच्छ ऊर्जा अपनाउन प्रेरित गर्ने उनको भनाई छ ।