• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

फाइनल प्रवेशका लागि विराटनगरले पायो १५६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ को फाइनल प्रवेशका लागि विराटनगर किंग्सले १५६ रनको लक्ष्य पाएको छ ।

विराटनगरविरुद्ध टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनायो।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । विनोदले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

मुख्तार अहमद १०, शेल्डन ज्याकसन २०, आरिफ शेख २०, इशान पाण्डे १३, कप्तान दीपेन्द्रसिंह ऐरी ३, हर्मित सिंह १४ रनमा आउट भए । स्कट कुगेलेइन १ र मिलन बोहरा ५ रनमा अविजित रहे ।

बलिङमा विराटनगरका मार्चन्ट डि लिङ र प्रतिश जिसीले दुई–दुई तथा सूर्य तामाङ र साम हिटलेटले एक–एक विकेट लिए ।

यो खेलको विजेता फाइनल पुग्नेछ । पराजित हुने टोलीले बिहिबार हुने दोस्रो क्वालिफायरमा दोस्रो मौका पाउनेछ ।

बुधबार काठमान्डु र लुम्बिनीबीच इलिमिनेटरको खेल हुनेछ । जित हात पार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ ।

बिहीबार दोस्रो क्वालिफायरको विजेता पनि शनिबार हुने फाइनलमा पुग्नेछ ।