• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एनपिएल : लुम्बिनीविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै काठमाण्डु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को इलिमिनेटरमा काठमाण्डु गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध काठमाण्डुका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

यो खेलमा जित निकाल्ने टोली फाइनल प्रवेशका लागि विराटनगर किंग्ससंग खेल्नेछ ।