• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

विराटनगरले टस जितेर बलिङ रोज्यो, लुम्बीनी ब्याटिङमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनीविरुद्ध पहिले बलिङ गर्दैछ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

खेलका लागि विराटनगरमा दुई परिवर्तन गरिएको छ। नारायण जोशी र सूर्य तामाङको स्थान सुवास भण्डारी र शंकर रानाले खेल्दैछन्।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो।

लुम्बिनीले इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको हो।

लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो। आज विजयी हुने टोली फाइनलमा पुग्नेछ।

विजयी टोलीले उपाधिका लागि सुदूरपश्चिमको सामना गर्नेछ। सुदूरपश्चिम पहिलो संस्करणको एनपिएलको उपविजेता हो।

फाइनल खेल यही मंसिर २७ गते शनिबार हुनेछ।