• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

टस जित्दै सुदूरपश्चिम लुम्बिनीविरुद्ध पहिले ब्याटिङमा

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनलमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स बीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

दुवै टोलीले क्वालिफायरमा विराटनगर किंग्सलाई हराएर फाइनलमा स्थान बनाएका थिए । सुदूरपश्चिम रोयल्सले आफ्नो टीममा दुई परिवर्तन गरेको छ । मिलन बोहराको स्थानमा दिपक बोहरा र मुख्यर अहमदको स्थानमा पुनित मेहरा खेल्नेछन् । अर्कोतर्फ, लुम्बिनी लायन्सले जेजे स्मितको स्थानमा मोबिन सुभसिंहलाई खेलाएको छ ।

यस सिजनमा नयाँ टोली च्याम्पियन बन्दै छ । गत सिजनको उपविजेता सुदूरपश्चिम रोयल्स र अंक तालिकाको पुछारमा रहेका लुम्बिनी लायन्स पहिलो पटक उपाधिका लागि भिडिरहेका छन् ।