• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनको मूल्य २ लाख ६० हजार नाघ्यो, चाँदी पनि बढेको बढ्यै

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बिहीबार पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको ७ सयले बढेर तोलाको २ लाख ६० हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको २ लाख ५९ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर ४०८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार चाँदी तोलाको ४०५५ मा कारोबार भएको थियो ।