• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सामाजिक उद्यम प्रवर्द्धनमा चौधरी फाउन्डेसनको नयाँ कदम: तीनवटा उद्यममा लगानी सम्झौता

काठमाडौँ । नेपालमा सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ चौधरी फाउन्डेसन र लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनले संयुक्त पहल सुरु गरेका छन् । यी दुई संस्थाको साझेदारीमा सञ्चालित ‘नेपाल सोशल बिजनेस’ अन्तर्गत तीनवटा उदीयमान सामाजिक उद्यमहरूसँग लगानी सम्झौता गरिएको छ ।

आज आयोजित एक कार्यक्रमका बीच नमुना एग्रो प्रोडक्ट्स, कोदाली भेन्चर्स र किनोभेसन सँग लगानीका लागि औपचारिक सम्झौता भएको हो ।

चौधरी फाउन्डेसनका अनुसार यी तीनवटा आशाजनक उद्यमहरूमा गरिएको लगानीले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै सामाजिक समस्याहरूको दिगो समाधान खोज्न मद्दत पुग्नेछ ।

नेपाल सोशल बिजनेसले नाफा कमाउने मात्र नभई समुदायमा सकारात्मक प्रभाव पार्ने व्यवसायहरूलाई पुँजी र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । यस सम्झौताले नेपालको स्टार्टअप इकोसिस्टम र विशेषगरी सामाजिक उत्तरदायित्व बोकेका व्यवसायहरूका लागि नयाँ उत्साह थपेको विश्वास गरिएको छ ।