काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ ।
आज सुन तोलामा एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेर तोलाको २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर तोलाको ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको ४ हजार २ सय ३५ रुपैयाँ रहेको थियो ।