• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनको मूल्यमा लगातार ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि मंगलबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ९ सय रूपैयाँ बढी हो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा चार हजार दुई सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार चार सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।