• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रामकोश फूलबारी विद्यालयका विद्यार्थीलाई कामना सेवा विकास बैंकको सहयोग

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिरौटामार्फत श्री रामकोश फूलबारी माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

बैंकको पोखरा क्षेत्र प्रमुख शिव कुमार ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद पोखरेललाई पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत पुतलीबजार नगरपालिका ४, रामकोश स्याङ्जामा रहेका गरिब विघार्थीहरुलाई गरिएको पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरणले विद्यार्थीहरुलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा बोल्दै बैंकका पोखरा क्षेत्र प्रमुख ढकालले विद्यालयमा वितरण गरिएको पोशाक तथा शैक्षिक सामाग्रीले समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, श्री रामकोश फूलबारी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।