• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पीडित–केन्द्रित नीति लागूको माग गर्दै ईपीएस विद्यार्थीद्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन

काठमाडौं । पीडित–केन्द्रित नीति लागूको माग गर्दै ईपीएस विद्यार्थीहरुले आन्दोलन गरेका छन् ।

बुधबार एउटै व्यक्तिलाई बारम्बार अवसर दिने प्रणाली अन्त्य गरी पीडित–केन्द्रित नीति लागू गर्न माग गर्दै ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा अगाडि आन्दोलन गरेका हुन् ।

उनीहरुले इपीएस पास भइसकेका तर वर्षौंदेखि पर्खाइमा रहेका पीडितहरूको फाइल अनिवार्य रूपमा कम्तीमा १० पटकसम्म कम्पनीमा पठाइउनका लागि पनि माग गरेका छन् ।
लामो समय कुर्न बाध्य भएका पीडितहरूका लागि विशेष राहत तथा छुट व्यवस्था गर्नुपर्ने उनीहरुको भनाई छ ।

प्रक्रियामा ढिलाइ हुँदा पीडित परिवारले भोग्नुपरेको आर्थिक/मानसिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने उनीहरुको माग छ ।
यस्तो छन् उनीहरुको माग
१। कृषि क्षेत्रमा सबैभन्दा बढी पीडित भएकाले प्राथमिकताका आधारमा छिटो मिति थप गरियोस् ।
२। कृषि, सिप/सिबिटीमा अन्यायपूर्ण रूपमा हटाइएका सबै इपीएस कामदारहरूलाई पुनः समावेश गरियोस् ।
३। इपीएस पास भइसकेका तर वर्षौंदेखि पर्खाइमा रहेका पीडितहरूको फाइल अनिवार्य रूपमा कम्तीमा १० पटकसम्म कम्पनीमा पठाइयोस् ।
४। एउटै व्यक्तिलाई बारम्बार अवसर दिने प्रणाली अन्त्य गरी पीडित–केन्द्रित नीति लागू गरियोस् ।
५। लामो समय कुर्न बाध्य भएका पीडितहरूका लागि विशेष राहत तथा छुट व्यवस्था गरियोस् ।
६। नेपाल सरकार र सम्बन्धित निकायले पीडितहरूसँग प्रत्यक्ष संवाद सुरु गरोस् ।
७। अब उप्रान्त कुनै पनि सेक्टरमा भेदभावपूर्ण निर्णय नगर्न स्पष्ट कानुनी व्यवस्था गरियोस् ।
८। इपीएस प्रक्रिया ढिलाइ हुँदा पीडित परिवारले भोग्नुपरेको आर्थिक/मानसिक क्षतिको जिम्मेवारी सरकारले लियोस् ।
९। रोस्टरमा भएका ९५५ कोरिया पठाउने ब्यबस्था गरियोस।