• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गगन थापाको विश्वास : एक–दुई दिनभित्र कांग्रेस एकढिक्का हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको सबै कार्यकर्तालाई एक ठाउँमा ल्याउन सहयोग गरेर अभिभावकको भूमिका निर्वाह गर्न शेर बहादुर देउवालाई आग्रह गरेका छन् ।

शनिबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देउवाले अविभावकको भूमिका निार्वाह गरेर सबैलाई एक ठाउँमा आउन आग्रह गर्नुपर्ने धारणा राखे । उनले भने, ‘हामीसँग थोरै समय छ, म पार्टीको निवर्तमान सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु अविभावक र संरक्षकको भूमिका निर्वाह गरिदिनुहोला । हामी सबै एक ठाउँमा आउनुपर्छ ।’

त्यस्तै, उनले एक दुई दिनमा कांग्रेस एक ढिक्का भएर छलफल गरिरहेको निर्णय गरेको देख्न सकिने विश्वास दिलाए । ‘एक दुई दिनमा कांग्रेस एक ढिक्का भएर छलफल गरिरहेको निर्णय गरेको देख्न सक्नुहुनेछ । पार्टीलाई एक ढिक्का भएर अगाडि बढ्ने छौं’ उनले भने ।

त्यस्तै, उनले उपसभापति विश्वप्रकाश शर्माले पनि देउवा पक्षले निर्वाचन आयोगले गरेको निर्णय आत्मसात गर्ने विश्वास व्यक्त गरे । उनले नवीन कांग्रेससँगै नवीन समाज निर्माणको बाटोमा अघि बढ्ने बताए । उनले भने, ‘हामी एकताबद्ध भएर निार्वचनमा अगाडि बढ्छौं । निर्वाचन तर्फबाट मात्र होइन् नविन कांग्रेसमार्फत नविन समाज बनाउन अगाडि बढ्छौं ।’

देउवासँग संवाद वा आशिर्वाद लिनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हामी सबैको आशीर्वाद चाहन्छौँ ।’