• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

रवि लामिछानेसँग पर्सामा एक करोड धरौटी माग

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो।

उक्त मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले एक करोड रुपैयाँ बराबरको धरौटी बुझाउन आदेश दिएको हो।

लामिछाने मंगलबार अदालतमा उपस्थित भएका थिए।