• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

काठमाडौं । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ । महाराष्ट्रको बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

हिन्दुस्तान टाइम्सका अनुसार पवारका सहयोगीले उनको मृत्यु पुष्टि गरेका छन् । दुर्घटनाको समयमा विमानमा पाँच जना यात्री सवार थिए ।

नेशनलिस्ट कांग्रेस पार्टीका नेता अजित पवारसँगै विदिप जाधव, पिंकी माली, सुमित कपुर र शम्भवी पाठक पनि विमानमा सवार थिए ।

पवारका निकट सहयोगी किरण गुजरले उपमुख्यमन्त्रीसहित ५ जनाको शव अस्पतालमा ल्याइएको बताएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार ६६ वर्षीय पवार जिल्ला परिषद् निर्वाचन अघि चारवटा सार्वजनिक सभा सम्बोधन गर्न बारामती जान लागेका थिए ।