• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

निर्वाचनका लागि भारतले दिएका गाडी अर्थ मन्त्रालयलाई हस्तान्तरण (तस्बिरहरु)

भारत सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सहयोगस्वरूप उपलब्ध गराएका सवारी साधन अर्थ मन्त्रालयलाई हस्तान्तरण गरिएको छ। बिहीबार क्याबिन पिकअप भ्यानसहितका सवारी साधन अर्थ मन्त्रालयलाई बुझाइएको हो।

भारत सरकारले नेपाललाई कुल ६५० वटा विभिन्न किसिमका सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। तीमध्ये यो दोस्रो चरणको हस्तान्तरण हो। यस चरणमा करिब २२० वटा सवारी साधन प्रदान गरिएको छ।