• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौं १ मा रवीन्द्रविरुद्ध राप्रपामा विद्रोह सुरु

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राप्रपा भित्रै रवीन्द्र मिस्रविरुद्ध विद्रोह सुरु भएको छ । रवीन्द्रसँगै ०७९ को निर्वाचनअघि राप्रपा प्रवेश गरेका केन्द्रीय सदस्य चोक राज घिमिरेले पार्टी परित्याग गरेका छ्न् ।

रविन्द्र मिश्रसंगै राप्रपा समाहित भएका घिमिरेले रविन्द्र मिश्रलाई राप्रपाले उम्मेदवार बनाएकोमा असन्तुष्टि जनाउदै पार्टी परित्याग गरेका हुन् ।

घिमिरेले आफैँले सामाजिक सञ्जालमार्फत् यो कुराको जानकारी गराएका हुन् ।

सो क्षेत्रमा अन्य कार्यकर्ता पनि ठूलो संख्यामा राप्रपा परित्याग गर्ने तयारीमा रहेको विश्वस्त श्रोतले बताएको छ ।