• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रहेनन् पत्रकार दिनेश सिटौला

काठमाडौं । पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ ।

अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो ।

ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अहिले चिकित्सकले आज १२ः४५ बजे मृत घोषणा गरेका हुन् ।

४३ वर्षीय सिटौला अविवाहित थिए । उनका पिता, एक दिदी र दुई दाजुभाइ छन् । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष रहेका सिटौलाले सयौं नेपाली चलचित्रहरुको प्रमोसनमा काम गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौला अछाम पुगेका थिए ।