काठमाडौं । टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध सुरुमा फिल्डिङ गर्ने भएको छ । टस जितेका इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल फिल्डिङमा उत्रिएको हो ।
तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको नेपालले खेलको सुरुआत दुई पटकको विश्व च्याम्पियन इंग्ल्यान्डविरुद्ध गर्दैछ । समूह ‘सी’ अन्तर्गतको यो पाँचौं खेल मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा हुँदैछ ।
यससँगै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र इंग्ल्यान्ड पहिलो पटक आमनेसामने भएका छन् ।
यो खेल नेपाली टोलीका केही खेलाडीका लागि विशेष बनेको छ । शेर मल्लले यसै खेलबाट डेब्यू गर्दैछन् भने शेरसँगै आरिफ शेख, लोकेश बम र नन्दन यादवले पनि पहिलो पटक टी–२० विश्वकप खेल्ने अवसर पाएका छन् ।
नेपाली टोलीको प्लेइङ–११
कुशल भुर्तेल
आसिफ शेख
रोहित पौडेल
दीपेन्द्र सिंह ऐरी
आरिफ शेख
लोकेश बम
गुलशन झा
करण केसी
शेर मल्ल
नन्दन यादव
सन्दीप लामिछाने