• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशी नदीमा खस्यो

काठमाडौं । काठमाडौंबाट ओखलढुंगा गइरहेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ । उक्त दुर्घटनामा ठूलो हताहती भएको बताइएको छ ।

काठमाडौंबाट ओखलढुङ्गातर्फ गइरहेको  प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको  अरनिको यातायातको यात्रुबहाक बस केहीबेर अगाडि लिलौटी भन्ने ठाउँबाट तामाकोशीमा खसेको हो ।

दुर्घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले पुष्टि गरेको छ ।

दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।